You are viewing the translated version of अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन.

Section 24
अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन
(१) विश्वविद्यालयले आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा क्षेत्रमा अनुसन्धान तथा नपप्रवर्तन सम्बन्धी कार्य गर्नका लागि आवश्यकता अनुसार अनुसन्धान केन्द्र स्थापना तथा सञ्चालन गर्नेछ।
(२) विश्वविधालयले सरकारी, सहकारी, निजी क्षेत्र र स्थानीय समुदायसँग समन्वय र सहकार्यमा अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी कार्य गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी कार्यबाट प्राप्त प्रतिफल उपयोग भएको ज्ञान, सीप र लगानीको आधारमा बाँडफाँट गर्नु पर्नेछ।
(४) अनुसन्धान केन्द्रको सञ्चालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।